काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गतको नारायणगढ–मुग्लिन सडकखण्ड आज आइतबारदेखि दैनिक ५ घन्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द हुनेछ ।
सडकखण्डको तुइनखोलामा पहिरो काट्ने तथा जोखिमयुक्त भाग हटाउने काम गर्नुपर्ने भएकाले सवारी आवागमन रोकेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
सडक बन्द हुँदा दिउँसोको समयमा चितवनबाट काठमाडौं तथा पोखरा आवतजावत गर्ने यात्रु प्रभावित हुनेछन् ।









प्रतिक्रिया दिनुहोस्