काठमाडौं । नवलपरासीको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजमा ठमेल बियर गार्डेनको सफ्ट लन्च गरिएको छ ।
यससँगै चितवन र नवलपरासीमा खानपान, मनोरञ्जन र भेटघाटका लागि नयाँ गन्तव्य थपिएको छ ।
उद्घाटन समारोहमा नवलपुरको गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी र आन्तरिक राजस्व विभागका प्रमुख युगल किशोर गौतमलगायतको उपस्थिति रहेको थियो ।
नयाँ आतिथ्य र मनोरञ्जनको अनुभव थप्ने उद्देश्यले सञ्चालनमा आएको ठमेल बियर गार्डेनले आगन्तुकहरूलाई आराम गर्न, साथीभाइसँग भेटघाट गर्न र रमाइलो समय बिताउन सहज र आत्मीय वातावरण प्रदान गर्नेछ ।
उन्नति कल्चरल भिलेजको सांस्कृतिक परिवेशमा रहेको यस गन्तव्यले आधुनिक मनोरञ्जनलाई मौलिक संस्कृति र पहिचानसँग जोड्ने प्रयास गरेको जनाइएको छ । यसले हर्कपुरमा आगन्तुकहरूका लागि उपलब्ध अनुभवलाई थप विविध बनाउने अपेक्षा गरिएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्