Skip to content

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

आजसम्म कायम रहेका सेयरधनीले मात्रै कम्पनीले तोकेको लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउनेछन् । बैंकले शुक्रबार बुक क्लोज गर्ने जनाएको छ ।

बैंकले मंसिर २६ गतेका लागि होटल सेफ्रन बुटवल, रुपन्देहीमा १७ औं वार्षिक साधारणसभा बोलाएको छ । कैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima