Skip to content

नेपाल–बंगलादेश सचिवस्तरीय बैठकमा ६ बुँदे सहमतिः बंगलादेशले थप बिजुली किन्ने, सुनकोशी–३ मा लगानी प्रकृया अघि बढाउने

nabil bank

काठमाडौं । नेपाल–बंगलादेश सचिवस्तरीय बैठक सम्पन्न भएको छ ।

बैठकमा नेपाल–बंगलादेशबीच विद्युत व्यापार, जलविद्युत आयोजनाको निर्माण र विकास गर्ने, अन्तरदेशीय विद्युत प्रसारण लाइनहरुको निर्माण तथा व्यवस्थापन गर्ने लगायतका ६ वटा विषयमा सहमति भएको छ ।

जसमा नेपालबाट बंगलादेशले आयात गर्दै आएको ४० मेगावाट जलविद्युतका अतिरिक्त २० मेगावाट थप विद्युत आवश्यक प्रक्रिया पुरा गरी आयात गर्ने, सुनकोशी–३ जलविद्युत आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउन बंगलादेशले आयोजना मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गरी लगानी प्रक्रियालाई अघि बढाउने तथा जेभिए छिटो टुंग्याउने सहमति भएको छ ।

नेपालबाट भारतीय ग्रिड हुँदै बंगलादेशको बरापुकारया, पंचगढ़ – ठाकुरगाउँ, भेरामारा र कोमिल्ला सम्मका प्रशारण लाइनहरु मार्फत विद्युत निर्यात गर्न अध्ययन गर्ने, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवद्र्धन गर्ने सम्बन्धी समझदारी पत्रमा आ–आफ्नो आन्तरिक प्रक्रिया पुरा गरी हस्ताक्षर गर्ने र उक्त सम्झौता अन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा परिक्षण, ईभी चार्जिङ, रूफटप सोलार जस्ता क्षेत्रमा प्राविधिक सहायता प्रदान गर्ने सहमति भएको छ ।

यस्तै नेपाल र बंगलादेशबीच क्षमता अभिवृद्धि कार्यक्रम शुरु गर्ने, बंगलादेशी पक्षका लागि पहिलो चरणको क्षमता अभिवृद्धि कार्यक्रम काठमाडौंमा तथा तत् पश्चात नेपाली पक्षका लागि बंगलादेशमा क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्ने र नेपाल, भारत र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा भारतको सहमति लिन दुवै देशले संयुक्तरूपमा प्रयास गर्ने सहमति भएको छ ।

आज भएको नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औं बैठकमा नेपालबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत तथा जनगणतान्त्रिक बंगलादेश सरकारको विद्युत, उर्जा तथा खनिज मन्त्रालयका सचिव फर्जाना ममताज रहेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime