Skip to content

कुमारी बैंक भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२५ मा दुई विधाबाट सम्मानित

काठमाडौं । कुमारी बैंकले भिसा इन्टरनेशनल द्वारा काठमाडौंमा आयोजित “नेतृत्व कन्क्लेभ नेपाल २०२५”मा दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ ।
यसले आफ्नो डिजिटल तथा अन्तर्राष्ट्रिय व्यापार क्षमताको उत्कृष्ट प्रदर्शन गरेको उल्लेख छ ।

बैंकलाई “सीमापार व्यवसायमा उत्कृष्टता तथा  उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा उत्कृष्टता प्रमुख ग्राहक“ विधाबाट सम्मानित गरिएको हो । यी अवार्डहरूले कुमारी बैंकले अन्तर्राष्ट्रिय भुक्तानी सेवा, कार्ड व्यवसाय तथा सीमा–पार व्यापार प्रवद्र्धनमा देखाएको निरन्तर उत्कृष्टता र नवप्रवर्तनलाई मान्यता दिएका छन्।

बैंकले आफ्नो स्थापनाकालदेखि नै अत्याधुनिक प्रविधि अपनाई सेवा प्रभावकारिता तथा ग्राहक–अनुभव सुधारमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीबाट उत्कृष्ट सेवा प्रदान गर्दै विभिन्न अवार्डहरु प्रप्त गर्दै आएको यस बैंकले आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आधुनिक डिजिटल प्रणालीबाट उत्कृष्ट सेवा प्रवाह गरिरहेको छ । ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गरिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima