Skip to content

टिसिएलले नेपाली क्रिकेट प्रेमीहरूको लागि विशेष साउन्डबार सार्वजनिक गर्यो

काठमाडौं । विश्व प्रसिद्ध इलेकट्रोनिक्स ब्रान्ड टिसिएलले  नेपाली बजारका लागि दुई अत्याधुनिक प्रिमियम साउन्डबार मोडेल ‘एस ५५ एच’ र ‘क्यु ६५ एच’ सार्वजनिक गरेको छ। हालको क्रिकेट उत्साहलाई ध्यानमा राख्दै, घरमै बसेर स्टेडियमजस्तै अनुभव दिलाउने उद्देश्यसहित यी मोडेलहरू उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ।
यी साउन्डबारहरू नेपाली उपभोक्ताहरूको क्रिकेटप्रतिको रुचि र घरायसी मनोरञ्जनको स्तर बढाउने उद्देश्यले बनाइएका हुन्। यी साउन्डबारहरूले हरेक बलको आवाज, दर्शकको उत्साह, र कमेनट्री लाई मात्र सुनाउँदैनन्, तर त्यसलाई एउटा सम्पूर्ण अनुभवमा परिणत गर्छन्।
एस ५५ एचले २।१ च्यानल डोल्बी एटमस र डिटिएस भरच्युअलःएक्स प्रविधिको प्रयोग गरेर स्पष्ट र सिनेमाजस्तो अडियो प्रदान गर्छ। यो मोडेल वायरलेस सबवूफर सहित आउँछ र २२० वाटको अधिकतम शक्ति दिन्छ, जसले गहिरो बास र भरपूर्ण साउन्ड प्रदर्शन सुनिश्चित गर्छ।
यसमा भएको ब्लुटुथ ५।३ कम ढिलाइ जडान प्रविधिले लाइभ खेलकुद वा कुनै पनि प्रत्यक्ष सामग्री हेर्दा आवाज आउनमा हुने ढिलाइलाई धेरै कम गर्छ। यसैगरी, एआई ध्वनि–अनुकूलन प्रणालीले कोठाको आकार, सतह र वातावरण अनुसार आवाजलाई आफैँ समायोजन गर्छ र सन्तुलित तथा उत्कृष्ट ध्वनि प्रदान गर्छ।
टिसिएल टुट्टी कोरल प्रविधिले टिसिएलको टेलिभिजन र साउन्डबारलाई छिटो जडान गर्न मद्दत गर्छ र एउटै स्रोतबाट एकीकृत ध्वनि निकालेर आवाजलाई अझ जीवन्त र गुणस्तरीय बनाउँछ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi