Skip to content

सिटिजन्स बैंकको साधारणसभाबाट लाभांश पारित, सर्वोच्चको आदेशले सञ्चालकको निर्वाचन हुन सकेन

nabil bank

काठमाडौं । सिटिजन्स बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

आज सम्पन्न बार्षिक साधारणसभाले बैंकले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरेको थियो । त्यो प्रस्ताव सभाले पारित गरेको हो ।

बैंकले आज सम्पन्न भएको सभामा सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव गरेको थियो । सर्वोच्च अदालतको आदेशका कारण निर्वाचन हुन नसकेको हो ।

बैंकको नियमावली अनुसार समूह ‘क’ का संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पद १ जना र समूह ‘ख’ अन्तर्गत सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा ३ जनाको निर्वाचन गर्ने प्रस्ताव गरेको थियो ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बैंकको साधारणसभाबाट हुने भनेको निर्वाचन अर्को आदेश नभएसम्म रोक्न आदेश दिएको छ ।

बैंकको सञ्चालन बन्ने तयारीमा रहेका सेयरधनी रत्नेश्वर शर्मालाई सञ्चालन बन्न नदिन उम्मेदवारी रद्द गरेको भन्दै उनी अदालत पुगेका थिए । शर्माले नियोजितरूपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै अदालतमा निर्वाचन रोक्न माग गर्दैै रिट निवेदन दर्ता गरेका थिए । त्यसलगत्तै अदालतले निर्वाचन नगर्न आदेश दिएको हो ।

बैंकले निर्वाचन नगराइ संस्थापक सेयरधनीहरूमध्ये सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रालिका सञ्चालक अनिलकुमार ज्ञवालीलाई निर्विरोध निर्वाचित चयन गर्न खोजेको थियो ।

यस्तै सर्वसाधारण सेयरधनीमध्ये राजेन्द्र पण्डित, प्रकाशचन्द्र मैनाली र हिमादेवी खड्का केसीलाई निर्विरोध निर्वाचित गराउन खोजेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime