Skip to content

निरज लम्साल प्रभु बैंकका कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

काठमाडौं। प्रभु बैंक लिमिटेडले वरिष्ठ उप–कार्यकारी अधिकृतनिरज लम्साललाई बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोले मंसिर ११ गते सार्वजनिक गरेको सूचनापछि बैंकले निरन्तर र प्रभावकारी बैंक सञ्चालनलाई सुनिश्चित गर्न लम्साललाई मंसिर १४ गतेदेखि कार्यवाहक सीईओको रूपमा नियुक्त गरेको हो।

बैंकका अनुसार नियमित सेवा–सुविधा, कारोबार, ग्राहक सेवा तथा शाखा व्यवस्थापनका सबै कामहरु पूर्ववत् रूपमा नै सञ्चालन हुने व्यवस्था मिलाइएको छ।
बैंकले जारी जानकारीमा ग्राहक, शेयरधनी तथा सरोकारवाला सबैलाई कुनै पनि प्रकारको नकारात्मक प्रभाव नपर्ने विश्वास दिलाएको छ।

सूचना अधिकारी रविन्द्र ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा बैंकले दीर्घकालीन स्थायित्व र पारदर्शी व्यवस्थापनमा निरन्तर प्रतिबद्धता व्यक्त गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T