Skip to content

बाढी प्रभावित जिल्लाका ऋणीले १० प्रतिशत ब्याज तिरेर ऋणको पुनरसंरचना गर्न पाउने

काठमाडौं । राष्ट्र बैंकले बाढी तथा पहिरो प्रभावित जिल्लाका उद्यमी व्यवसायीलाई कर्जाको पुनरसंरचनारपुनरतालिकीकरणको सुविधा दिएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले हालैको बाढीपहिरोबाट प्रभावित इलामलगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यमरव्यवसायका लागि एकपटकका लागि कर्जाको पुनरसंरचनारपुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाउने जनाएको हो । यसका लागि ऋणी उद्यमी व्यवसायीहरुले प्रवाहित कर्जाको न्यूनतम १० प्रतिशत ब्याज भने तिर्नुपर्ने छ ।

‘हालैको बाढी÷पहिरोबाट प्रभावित इलामलगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यमरव्यवसायका लागि प्रवाहित कर्जा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० प्रतिशत ब्याज असुल गरी एकपटकको लागि पुनरसंरचना÷पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइनेछ’ राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा भनेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi