काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाख रुपैयाँको सहयोग प्रदान गरेको छ ।
सोमबार अर्थ मन्त्रालयमा कम्पनीका संचालक समितिका अध्यक्ष गोविन्द लाल संघई, संचालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा एक करोड पचास लाख रुपैयाँ बराबरको चेक माननीय अर्थमन्त्री श्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन् ।
गत भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि इन्स्योरेन्स कम्पनी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा उक्त रकम योगदान गरेको हो ।
नेपाल लाइफले गरेको सहयोगप्रति अर्थमन्त्री रामेश्वर प्रसाद खनालले धन्यवाद ज्ञापन गरेका छन् । साथै उक्त रकम सहित कोषमा सोमबारसम्म ११ करोड ८२ लाख जम्मा भएको व्यहोरा जानकारी गराईन्छ ।






प्रतिक्रिया दिनुहोस्