Skip to content

आईपीओ निष्कासन गर्दै सालपा विकास बैंक

काडमाडौं । सालपा विकास बैंकले सधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले मंसिर २५ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

जसमा १० प्रतिशतले हुन आउने १ करोड ७२ लाख ३८ हजार ८०० रुपैयाँको १ लाख ७२ हजार ३८८ कित्ता सेयर श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने जनाएको छ ।

आईपीओमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा पुस १० गतेसम्म आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट सी आश्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi