Skip to content

बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्न बीमा प्राधिकरणद्वारा ५ बुँदे निर्देशन जारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्न ५ बुँदे निर्देशन जारी गरेको छ ।

सोमबार बसेको प्राधिकरणको निर्णयअनुसार ५ बुँदे निर्देशन जारी गरेको जनाएको छ ।

प्राधिकरणले जारी गरेको निर्देशनमा जीवन बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न बीमा नियमावली, २०८१ को नियम ४३ को उपनियम (१) को खण्ड (ख) बमोजिम एक वटा बीमालेखमा नघट्ने गरी कम्तीमा एक प्रतिशत बीमालेख नवीकरण भएको प्रमाण पेश गर्नुपर्नेछ ।

आईआरएमआईएस प्रणालीमा बीमा अभिकर्ताको व्यक्तिगत विवरण स्पष्ट र बुझिने कागजात अपलोड गरी अद्यावधिक गर्नुपर्नेछ ।

बीमा अभिकर्ताको इजाजतपत्र नवीकरणको लागि बीमा नियमावलीको अनूसूची ७ बमोजिम नवीकरण दस्तुर १ हजार तथा नियमन दस्तुर ५ सय गरी १५ सय रुपैयाँ तिर्नुपर्छ ।

बीमा ऐन, २०७९ को दफा ९४ को उपदफा २ बमोजिम इजाजतपत्रको अवधि भित्र नवीकरण गर्न नसकेका बीमा अभिकर्ताले म्याद सकिएको अवधिदेखि ३ महिना भित्र अनूसूची–७ बमोजिम विलम्ब शुल्क १ हजार रुपैयाँ मात्र भुक्तानी गरी निवेदन पेश गर्न सक्नेछन् ।

बीमा ऐन, २०७९ को दफा ९५ बमोजिम इजाजतपत्रको म्याद सकिएको अवधिदेखि ३ महिना भित्र इजाजतपत्र नवीकरणको लागि निवेदन पेश नगर्ने बीमा अभिकर्ताको इजाजतपत्र स्वतः खारेज हुनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi