काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद कंडेलको ४ वर्षे कार्यकाल मंसिर २६ गतेदेखि सकिन लागेको छ ।
कार्यकाल सकिन लाग्दा कायम मुकायम सीईओमा बैंकले रामेश्वर प्रसाद बस्याललाई नियुक्त गरेको छ ।
मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले कामु सीईओमा बस्याललाई मंसिर २७ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो ।
बस्याल हाल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।






प्रतिक्रिया दिनुहोस्