काठमाडौं । गुण एअरलाईन्सका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा पक्राउ गरेको जनाएको छ ।
ललितपुर महानगरपालिका–३ पुल्चोक बस्ने ६० बर्यीय शाक्यलाई सीआईबीले आज पक्राउ गरेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।
बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा उच्च अदालत, पाटनबाट पक्राउ अनुमति लिई जावलाखेल भनिमण्डलबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको सीआईबीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्