Skip to content

सिद्धार्थ फोनपे क्रेडिट कार्ड सार्वजनिक

काठमाडौं । सिद्धार्थ बैंकले फोनपे पेमेंट सर्भिस लिमिटेडसँगको साझेदारीमा सिद्धार्थ फोनपे क्रेडिट कार्ड सार्वजनिक गरेको छ । ग्राहकहरूलाई पूर्ण रूपमा डिजिटल, सुरक्षित र सजिलो क्रेडिट पहुँचको नयाँ युगमा प्रवेश गराएको छ ।

यो कार्ड नेपाल प्रिमियर लिग (एनपीएल) को भव्य अन्ग्राउन्ड लॉन्च मार्फत सिद्धार्थ बैंकका उप–मुख्य कार्यकारी अधिकृत रामेश्वर प्रसाद बास्यालद्वारा अनावरण गरिएको थियो ।

देशकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रमहरूमध्ये एकमा उल्लेखनीय दृश्यता प्रदान गर्यो । यससँगै, सिद्धार्थ बैंक अब नेपालकै पहिलो र एकमात्र पूर्ण रूपमा भर्चुअल क्रेडिट कार्ड आफ्नै मोबाइल बैंकिङ एपमार्फत उपलब्ध गराउने प्रमुख वित्तीय संस्थामध्ये एक बनेको छ ।

सिद्धार्थ फोनपे क्रेडिट कार्डले प्रयोगकर्ताहरूलाई देशभरका १.८ मिलियनं फोनपे क्यूआर व्यापारीहरूमा छिटो, सुरक्षित र कन्ट्याक्टलेस भुक्तानी गर्न सुविधा प्रदान गर्छ । जसका लागि कुनै पनि फिजिकल कार्ड आवश्यक पर्दैन ।

आजका डिजिटल रूपमा सक्रिय उपभोक्ताहरूका लागि डिजाइन गरिएको यो कार्डमा इन्स्तन्त एक्टिभेसन, रियल–टाइम कन्ट्रोल, र उन्नत सुरक्षा जस्ता सुविधाहरू रहेका छन्, जसले दैनिक भुक्तानीलाई अझ सरल र सहज बनाउँछ।

विशेष लॉन्च अफरका रूपमा, सिद्धार्थ बैंक र फोनपेको तर्फबाट नयाँ प्रयोगकर्ताहरूका लागि ५० प्रतिशत क्यासब्याक (अधिकतम ७५० रुपैयाँ) प्रदान गरिनेछ । सीमित अवधिका लागि लागू यो अफरले प्रयोगकर्तालाई सुरुदेखि नै क्यूआर आधारित क्रेडिट भुक्तानीको सुविधा अनुभव गर्न प्रोत्साहित गर्छ।

फोनपे पेमेंट सर्भिस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारले भने “हामी सिद्धार्थ बैंकलाई फोनपे क्रेडिट कार्ड इकोसिस्टममा स्वागत गर्न पाउँदा अत्यन्तै खुशी छौँ। यो उत्पादले नेपालीहरूले क्रेडिट प्रयोग गर्ने तरिकामै रूपान्तरण ल्याउने उद्देश्य राख्दछ- पूर्ण रूपमा भर्चुअल, व्यापक रूपमा स्वीकार्य र सुरक्षित दैनिक खर्चका लागि आदर्श। हामी मिलेर वित्तीय समावेशीकरणलाई थप सशक्त बनाउँदै देशभरका ग्राहकहरूलाई डिजिटल रूपमा सशक्त पार्नेछौँ।”

नेपालमा डिजिटल अपनत्व तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा, सिद्धार्थ फोनपे क्रेडिट कार्डले पहुँचयोग्य क्रेडिट विकल्प विस्तार गर्दै देशको डिजिटल भुक्तानी पूर्वाधारलाई बलियो बनाउने महत्वपूर्ण उपलब्धि जनाउँछ । यो कार्ड अब सिद्धार्थ बैंकका ग्राहकहरूका लागि मोबाइल बैंकिङ एप मार्फत उपलब्ध छ। प्रयोगकर्ताहरूले कार्ड तुरुन्तै सक्रिय गरी देशभर क्यूआर आधारित क्रेडिट भुक्तानी सुरु गर्न सक्छन्। सिद्धार्थ बैंकको अनबोर्डिङसँगै, फोनपे क्रेडिट कार्ड अब नेपालका ८ प्रमुख बैंकहरूमा उपलब्ध भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi