Skip to content

कुनै व्यक्ति एकपटकमा एउटा मात्रै सहकारीको सञ्चालक हुनुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न विभागको निर्देशन

काठमाडौं । सहकारी विभागले कुनै व्यक्ति एकै समयमा एउटा मात्रै सहकारी संस्थाको सञ्चालक हुन पाउने कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।

सहकारी विभागले सहकारी ऐन, २०७४ को दफा ९४१० को उपदफा ९५० मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ भन्ने व्यवस्था पूर्णपुरमा पालना गर्न सहकारी संस्थाहरूलाई निर्देशन दिएको हो ।

सहकारी ऐन २०७४ को दफा ४१ ९५० मा रहेको कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेको छ । यसैगरी, दफा ४४ ९१० को खण्ड ९ग० मा रहेको कुनै सञ्चालक अर्को सहकारी संस्थाको सञ्चालक रहेमा निज आफ्नो पदमा बहाल रहन सक्ने छैन भन्ने प्रावधान रहेको छ ।

उक्त प्रावधान कार्यान्वयनका लागि विभाग र सहकारी नियामक निकायहरूबाट यस अघि निर्देशन तथा मापदण्ड जारी भएको थियो । तर, हालसम्म पनि केही व्यक्तिहरू दोहोरो सञ्चालकका रूपमा कार्यरत रहेको भन्ने गुनासो प्राप्त भएको कारण विभागले पुनः निर्देशन दिएको हो ।

विभागले हालसम्म पनि दोहोरो सञ्चालकमा बहाल रहेका सञ्चालक सदस्यलाई यथाशीघ्र उक्त कानुनी प्रावधान कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi