Skip to content

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ७.३९ अंकले बढेर २६१४.०७ बिन्दुमा पुगेको छ । यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.३० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१० अंक बढेको छ।

मंगलबार सेयर बजार बढेको भएता पनि कारोबार रकम भने घटेको छ। सोमबार ४ अर्ब ६६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको मंगलबार घटेर ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँबराबरको कारोबार भएको हो ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। आज विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो।

आज कारोबारमा आएको तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज र माथिल्लो मैलुङ्ग खोला जलविद्युतको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर उच्च स्थानमा रहेको छ। यस कम्पनीको कम्पनीको यस दिन ३१ करोड ९२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यसैगरी, आज लक्ष्मी सनराइज बैंकको ११ करोडभन्दा बढीको सेयर किनबेच भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi