Skip to content

सन नेपाल लाइफद्वारा इलाममा वृक्षारोपण

काठमाडौं । वातावरण संरक्षण, सामुदायिक कल्याण र दिगोपनलाई प्राथमिकतामा राख्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशव्यापी वृक्षारोपण पहललाई निरन्तरता दिंदै इलाम नगरपालिकामा दोस्रो चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

यस अभियानअन्तर्गत आज ५०० आरू र ५०० नासपाती गरी १ हजार फलफूलका बिरुवा रोपेर हरियाली अभियानलाई इलाममा औपचारिक रूपमा अघि बढाएको छ।

कार्यक्रममा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कबी फुयाँल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, कोशी प्रदेश प्रमुख तुलसीनाथ पौडेल तथा प्रदेशका विभिन्न शाखाका शाखा प्रमुखहरु उपस्थित थिए।

सन नेपाल लाइफ इन्स्योरेन्सले सामुदायिक दिगोपन, सामाजिक जिम्मेवारी र वातावरणीय सन्तुलनलाई आफ्नो संस्थागत दर्शनको मुख्य आधार मानेर यस्ता कार्यक्रमलाई निरन्तर रूपमा देशभर विस्तार गर्दै आएको छ।

हालै, सन नेपाल लाइफले देशभर १४८ शाखा तथा उप–शाखाबाट जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima