काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ५.०३ अंकले घटेर परिसूचक २६०९.०३ बिन्दु कायम भएको छ ।
३२९ कम्पनीको ८६ लाख ४७ हजार ९४८ कित्ता सेयर ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार ३७३ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । कारोबारमा ८० कम्पनीको मूल्य बढेको छ भने १६९ कम्पनीको मूल्य घटेको छ ।
यो दिन स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, एसवाई प्यानलको मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा श्रीनगर एग्रिटेक इन्ड्रस्टिज पहिलो स्थानमा छ । कम्पनीको २६ करोड ३९ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ , दोस्रो र तेस्रो स्थानमा ङादी ग्रुप पावर र युनिभर्सल पावर कम्पनी रहेका छन् ।






प्रतिक्रिया दिनुहोस्