Skip to content

वाणिज्य बैंकको नाफा १३.११ प्रतिशतले घट्यो: ४ वटाको बढ्दा ग्लोबल पहिलो स्थानमा, कुनको कति ?

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकले १९ अर्ब ३७ करोड ५४ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

बैंकहरुले कात्तिक मसान्तसम्म आर्जन गरेको नाफा गत आवको सोही अवधिको तुलनामा १३.११ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकहरुको नाफा २२ अर्ब २९ करोड ८६ लाख ६० हजार रुपैयाँ रहेको थियो ।

पछिल्लो समय बैंकहरुको ऋण असुली प्रभावित बन्दा नाफामा संकुचन आएको छ । लामो समयदेखि बैंकहरुको कर्जा प्रवाह कम हुनुका साथै ऋण असुलीमा समेत संकुचन आएको छ । जसका कारण बैंकहरुको नाफा १३.११ प्रतिशतले घटेको छ ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा ४ वटा बैंकको नाफा बढेको छ ।

नाफा बढाउने ४ बैंकमा ग्लोबल आइएमई,एभरेष्ट, राष्ट्रिय वाणिज्य, सानिमा बैंक रहेका छन् । चार महिनाको अवधिमा ग्लोबल आइएमई बैंकले २ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १८.९१ प्रतिशतले धेरै हो ।
यस्तै एभरेष्ट बैंकको नाफा ०.२७ प्रतिशतले बढेर १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकको नाफा १०५.२३ प्रतिशतले बढेर १ अर्ब १३ करोड ४४ लाख रुपैयाँ पुगेको छ । यस्तै सानिमा बैंकको नाफा १९.६५ प्रतिशतले बढेर ७७ करोड २८ लाख रुपैयाँ पुगेको छ ।

कात्तिक मसान्तसम्म धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ भने दोस्रोमा नबिल बैंक रहेको छ । नबिल बैंकले २ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै सबैभन्दा कम नाफा कमाउनेमा सिटिजन्स बैंक रहेको छ । बैंकको नाफा १ करोड ६४ लाख रुपैयाँ रहेको छ । बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा ९६.२५ प्रतिशतले घटेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime