Skip to content
Prabhu

कामना सेवा विकास बैंकले ल्यायो, स्मार्टफोन जित्ने मौका

काठमाडौं । कामना सेवा विकास बैंक र एफवानसफ्टबीच बैंकका ग्राहकहरूलाई लक्षित गरी विभिन्न योजनासम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकको मोबाइल बैंकिङमा रजिस्टर गरी कुनै पनि रकमको टप–अप गर्ने मध्ये भाग्यशाली ५० जना ग्राहकहरूले ५० रुपैयाँको टप–अप जित्न सक्नेछन् । यो अफर नयाँ ग्राहकहरूलाई मात्र मान्य हुनेछ ।

त्यसैगरी, ग्राहकहरूले न्यूनतम  १००  रुपैयाँ को टप–अपमा वा कुनै पनि डाटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की–ड्र मार्फत एयरबड्स जित्न सक्नेछन् । यो अफर नयाँ तथा पुराना ग्राहकहरू दुवैलाई मान्य हुने बैंकले जनाएको छ।

यसैगरी, कारोबार गर्ने ग्राहकहरूमध्ये एक जना लक्की विजेताले बम्पर पुरस्कारमा स्मार्टफोन जित्न सक्नेछन् । यो योजना जेठ मसान्त–भर लागू हुनेछ ।

बैंकले हाल देशभर १ सय ३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम बुथमार्फत अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal