Skip to content

नेपाल लाइफ इन्स्योरेन्सको बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले पुस १९ गते, शनिवार, होटल भिष्वा, वीरगन्जमा २६ औँ वार्षिक साधारण सभा बोलाएको हो।
कम्पनीको साधारण सभा बिहान ९ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १६.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरूको निर्वाचन गर्ने, लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले पुस ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima