Skip to content

बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक, सीईओले मनलाग्दी विदेश भ्रमण गर्न नपाउने

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृतले विदेश भ्रमण गर्दा प्रत्येक पटक संचालक समितिबाट निर्णय गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमण सम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउन सम्बन्धित संस्थाले यस सम्बन्धी कार्यविधि बनाई लागू गर्नुपर्नेछ । त्यस्तो कार्यविधिमा अन्य आवश्यक विषयहरुका अतिरिक्त देहाय बमोजिमको व्यवस्था कायम गरेको हुनुपर्नेछ ।

भ्रमणको उद्देश्य, उपयोगिता लगायतका पक्षहरुमा सम्बन्धित संस्थाको संचालक समितिवाट निर्णय भएको हुनुपर्नेछ ।

संचालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृत संस्थाको कामसँग सम्बन्धित विषयमा विदेश भ्रमणमा जानु पर्दा भ्रमण गरिने मुलुक, भ्रमणमा जाने पदाधिकारीको नाम, भ्रमण अवधि, भ्रमणको विषय, भ्रमण गर्दा लाग्ने खर्च एवम्सम्बन्धित इजाजतपत्रप्राप्त संस्थालाई हुने लाभ समेतको विश्लेषण गर्नुपर्नेछ । विदेश भ्रमण कार्यक्रम मितव्ययी हुने गरी सम्पन्न गर्नुपर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima