Skip to content

बैंक तथा वित्तीय संस्थाका संस्थापकले ५ वर्षमा राष्ट्र बैंकले तोकेको सीमा भित्र सेयर कायम गर्नुपर्ने, अन्यथा कारबाही हुने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीले करिब ५ वर्ष भित्र आफ्नो स्वामित्वमा रहेका सेयर राष्ट्र बैंकले तोकेको सीमा भित्र ल्याउनु पर्ने भएको छ । सोमबार राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै यस्तो नयाँ व्यवस्था गरेको हो ।

कुनै एक बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने छ । साथै, “घ” वर्गको संस्थाको हकमा उपर्युक्त बमोजिमको सीमालाई क्रमशः २५ प्रतिशत र १० प्रतिशत कायम गरिएको छ । उल्लिखित लगानी सीमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनीमा संस्थापक भई लगानी गर्दा लागू हुनेछैन ।

राष्ट्र बैंकले तोकेको यो सीमा भन्दा बढी सेयर धारण गरेका सेयरधनीले २०८७ असार मसान्तसम्म सीमा भित्र ल्याउनु पर्ने छ । उक्त मिति पश्चात सीमा कायम हुने नसकेमा कारबाही हुने जनाइएको छ ।

सीमाभन्दा बढी सेयर धारण गर्ने संस्थापक सेयरधनीहरुको हकमा तोकिएको सीमाभित्र नआएसम्म सम्बन्धित बै‌क तथा वित्तीय संस्थाबाट वितरण गरिने नगद लाभांश तथा बोनस सेयर रोक्का राखी सम्बन्धित संस्थाबाट जारी गरिने हकप्रद सेयरमा सहभागी हुन बन्देज लगाइएको छ ।

त्यस्तो बैंक तथा वित्तीय संस्थालाई गाभ्न÷गाभिन निर्देशन दिन सकिनेछ । तर यस निर्देशनले सम्बन्धित सेयरधनीले चाहेको खण्डमा हकप्रद सेयर हक हस्तान्तरण गर्न भने बाधा पु¥याएको नमानिने राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi