काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमितका लागि गत आर्थिक वर्षको बीमांकीय प्रतिवेदन अनुसार बोनसदर घोषणा गरेको छ ।
नयाँ बोनस दर नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएको छ ।
नयाँ बोनसदर अनुसार सावधिक बीमा योजना अन्तर्गत सम्वृद्ध जीवन बीमा–एकल, सम्वृद्ध जीवन बीमा–नियमति, बम्पर श्रीवृद्धि जीवन बीमा, सुनौलो किरण बीमा र बाल जीवन किरण बीमामा बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ ।
सावधिक तथा आजीवन बीमा योजना अन्तर्गतको अमूल्य जीवन बीमामा ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिक बीमा योजना अन्तर्गतका वैभव जीवन बीमा, जीवन उन्नति–एकल र जीवन उन्नति–नियमितमा ३५ रुपैयाँदेखि ५१ रुपैयाँसम्म बोनस कम्पनीले बीमितलाई दिने भएको छ।
यता अग्रिम भुक्तानी सावधिक अन्तर्गतको समुन्नति जीवन बीमामा २३ रुपैयाँदेखि २७ रुपैयाँसम्म, महालक्ष्मी सावधिक जीवन बीमा अन्तर्गतको सुपर सुरक्षित बीमामा ४५ रुपैयाँदेखि ५२ रुपैयाँसम्म, महालक्ष्मी सरल जीवन बीमा अन्तर्गतको निर्धक्क जीवन बीमामा ५२ रुपैयाँदेखि ५५ रुपैयाँसम्म र महालक्ष्मी जीवन हेरचाह बीमा अन्तर्गतको चमत्कारिक हेरचाह बीमामा ५० देखि ५१ रुपैयाँसम्म रहेको छ ।
महालक्ष्मी बाल बचत बीमामा ३२ देखि ३९ रुपैयाँसम्म, महालक्ष्मी वार्षिक धनफिर्ता बीमा अन्तर्गतको लोकप्रिय धनफिर्ता बीमाका सबै बीमा अवधिमा समान ३५ रुपैयाँ, महालक्ष्मी धनधान्य बीमाका सबै अवधिमा पनि समान ४५ रुपैयाँ र महालक्ष्मी आवधिक आजीवन बीमा अन्तर्गतको सर्वश्रेष्ठ आजीवन बीमाका सबै बीमा अवधिमा पनि समान ३८ रुपैयाँ बोनसदर रहेको छ ।






प्रतिक्रिया दिनुहोस्