Skip to content

सामान्य अंक बढ्यो सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंक बढेर बन्द भएको छ। सोमबार सेयर बजार मापक नेप्से परिसूचक ६.७४ अंक बढेर २६०१.६१ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स २.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ इण्डेक्स ०.७८ अंक बढेको छ।

सोमबार सेयर बजार सामान्य बढेको भएता पनि कारोबार रकम भने घटेको छ । आइतबार ४ अर्ब रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३ अर्ब ४४ करोड १९ लाख ३ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

आज दुई कम्पनी सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको हिमस्टार उर्जा कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक ६.९५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर उच्च स्थानमा रहेको छ। आज कम्पनीको १४ करोड २५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आज लक्ष्मी सनराइज बैंकको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ । यसैगरी, नेपाल एसबिआई बैंकको करिब साढे १३ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ । कारोबारमा आएको ५ उपसमूहको परिसूचक घटेको छ। आज वित्त उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ। आज होटल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य घटेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima