Skip to content

आईपीओ ल्याउन लागेका लगानी कम्पनीलाई सेबोनको ८ बुँदे निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेका कम्पनीका लागि ८ बुँदे निर्देशन जारी गरेको छ ।

यसअघिको व्यवस्थालाई संशोधन गर्दै नयाँ ८ बुँदे निर्देशन जारी गरेको छ । बोर्डको सञ्चालक समितिले गरेको निर्णय अनुसार आईपीओ निष्कासन गर्न लागेका कम्पनीका लागि नयाँ व्यवस्था लागू हुनेछ ।

संशोधित व्यवस्था अनुसार अब कम्पनीले आईपीओ निष्कासन गर्न कम्तीमा पछिल्ला तीन वर्षदेखि सञ्चालनमा रही पहिलो दुई आर्थिक वर्ष नाफामा गएको हुनुपर्नेछ । कम्पनीको प्रति सेयर नेटवर्थ अंकित मूल्यभन्दा बढी हुनुपर्ने व्यवस्था गरिएको छ ।

बोर्डका अनुसार लगानी कम्पनीले ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि र खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको सेयर बाहेक अन्य धितोपत्र प्राथमिक तथा दोस्रो बजारमार्फत खरिद गर्न नपाउने व्यवस्था गरिएको छ ।

बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको रूपमा अनुमति पाएका कम्पनीले यी क्षेत्रका संगठित संस्थाको बुक बिल्डिङ विधिबाट हुने आईपीओमा मात्र लगानी गर्न सक्नेछन्। संशोधित मापदण्ड अनुसार लगानी कम्पनीले न्यूनतम एक स्तर माथिको क्रेडिट रेटिङ प्राप्त गरेको हुनुपर्नेछ भने चुक्ता पुँजी कम्तीमा ५० करोड रुपैयाँ हुनुपर्नेछ।

त्यसैगरी, नेपाल सरकार संस्थापक भई स्थापना भएका वा ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि र खनिज उत्खनन क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित स्थापना भएका संगठित संस्था वा लगानी कम्पनी पनि आईपीओका लागि योग्य हुनेछन्।

विदेशी लगानीमा स्थापना भएका संगठित संस्थाले भने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन अनुसारको प्रक्रिया पूरा गरेको हुनुपर्ने बोर्डले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi