Skip to content

कुमारी बैंकले ल्यायो क्युआर मर्चेन्टहरुका लागि फोनलोन, २ लाखसम्मको कर्जा उपयोग गर्न सकिने

 

काठमाडौं । कुमारी बैंकले क्यूआर कोडबाट कारोबार गर्ने क्युआर मर्चेन्टहरुका लागि फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले बिना झन्झट कुमारी मोबाइल बैंकिङ एपमार्फत नै २ लाख रुपैयाँसम्मको कर्जा उपयोग गर्न सक्ने सुविधा ल्याएको हो ।

यसबाट विशेष गरी घरेलु, साना तथा मझौला उद्यमीहरुका वित्तीय कारोबारहरु डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरुका सानातिना वित्तिय आवश्यकताहरु परिपूर्ति हुँदा वित्तीय पहुच समेतमा विस्तार हुने अपेक्षा बैंकले लिएको छ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ एकाइहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima