काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।
आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयधरनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
कम्पनीले पुस २४ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस ६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्