Skip to content

जेनजी आन्दोलन: २३ अर्ब ४५ करोड बीमा दाबी,  ५ अर्ब १८ करोड भुक्तानी

nabil bank
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बिमा कम्पनीहरूमा २३ अर्ब ४५ करोड रुपैयाँ बराबरको दावी परेको छ । उक्त आन्दोलनमा भएको घटनाको कूल ३ हजार ३०३ बिमा दाबी परेको हो ।
दाबी परेको रकम मध्ये हालसम्म बीमा कम्पनीहरुले अग्रिम भुक्तानी समेत गरी करिव ५ अर्ब १८ करोड रुपैयाँ दाबी रकम बिमितहरूलाई भुक्तानी गरेका छन् । प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम करिव १९ अर्ब २ करोड रुपैयाँमध्ये करिव ३ अर्ब ८२ करोड रुपैयाँ र मोटर बीमातर्फ २ हजार ३११ वटा बीमा दाबीको दाबी रकम करिव ३ अर्ब ४७ करोड रुपैयाँमध्ये करिव १ अर्ब २२ करोड रुपैयाँ भुक्तानी भएको छ ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बीमा दाबीको करिव ५५ करोड ४७ लाख रुपैयाँ दाबी रकममध्ये करिव ७ करोड ५० लाख रुपैयाँ, परिवहन बीमातर्फ १२ वटा बीमा दाबीको करिव १ करोड ६९ लाख रुपैयाँ दाबी रकममध्ये करिव १ करोड ५५ लाख रुपैयाँ र अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको करिव ३८ करोड ४० लाख रुपैयाँ दाबी रकममध्ये करिव ५ करोड ५० लाख रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।
जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानी समेत गरी पुनर्बीमा दाबी भुक्तानी गरेको छ । नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६२ वटा पुनर्बीमा दाबीको दाबी रकम करिव १६ अर्ब ६२ करोड रुपैयाँ रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime