काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बोलाएर कर्जाका विषयमा गुनासो गरेका छन् ।
आज आयोजित कार्यक्रममा गभर्नर पौडेलले पहिला प्रवाह भएको अत्यधिक ऋणको राम्रो अनुगमन नभएको र अहिले जसलाई कर्जा चाहिएको हो उसले पाउन नसकेको दाबी गरे । उनले अबका दिनमा कर्जाको पनि प्रभावकारी रुपमा अनुगमन बढाउनु पर्ने बताए ।
गभर्नर पौडेलले अहिले वास्तविक ग्राहकले ऋण नपाउने समस्या कायमै रहेको गुनासो गरे छलफलमा सहभागी एक सीईओले बताए । ती सीईओका अनुसार गभर्नर पौडेलले वास्तविक ऋणीका लागि हुने खालको कर्जाको प्रडक्ट ल्याउन भनेका छन् ।
उनले अहिले बैंकहरुले ल्याएका प्रडक्ट बैंकका शाखा प्रमुखलाई थाहा नहुने भएका कारण समस्या बढेको उनको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्