Skip to content

युरो एनक्यापपछि आयोन भीले एएनक्याप सेफ्टी रेटिङमा पनि पायो फाइभ स्टार

काठमाडौं । इभी ब्रान्ड आयोनको आयोन भी मोडल गाडीले फाइभ स्टर एएनक्याप सेफ्टि रेटिङ प्राप्त गरेको छ। हालै आयोन भीले यूरो एएनक्याप टेस्ट २०२५ मा सर्वोच्च ५(स्टार सेफ्टी रेटिङ प्राप्त गरेको हो। यो अटोमोबाइलहरूको लागि विश्वको सबैभन्दा सम्मानित सुरक्षा मूल्यांकनहरू मध्ये एक हो।

आयोन भीले यसअघि युरो एनक्याप टेस्ट २०२५ मा पनि ५–तारे सुरक्षा रेटिङ प्राप्त गरेको छ। यो मान्यताले आयोनको उच्च स्तरको सुरक्षा पनि प्रदान गर्ने गाडीहरू निर्माण गर्ने प्रतिबद्धतालाई दर्साएको कम्पनीले जनाएको छ।

आयोन भीमा उन्नत बडी स्ट्रक्चर, मल्टी(सेन्सर कोलिजन डिटेक्सन, र एआईसंचालित ड्राइभर असिस्टेन्स टेक्नोलोजी जस्ता विशेषताहरू रहेको र यसले चालकहरूलाई हरेक यात्रामा आत्मविश्वास र आराम प्रदान गर्ने कम्पनीले जनाएको छ।

नेपालमा सीजी मोटर्सले आधिकारिक विक्रेता को रुपमा नेपाली ग्राहकहरूलाई आयोन भी र आयोन वाई जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभीहरू बिक्री गर्दै आएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima