काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटलबीच सम्झौता भएको छ । सो सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट अपोलो इनफरमेसनका प्रमुख कार्यकारी अधिकृत अभिषेक दुगरले हस्ताक्षर गरेका हुन् ।
सो सम्झौताअनुसार अपोलो हस्पिटलले बैंकका ग्राहकहरु महानुभाव तथा कर्मचारीहरुलाई १० प्रतिशतसम्म छुट प्रदान गर्ने छ । साथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्युदिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका सञ्जालहरुमा समेत यी सबै सुबिधा उपलब्ध रहेको व्यवहोरासमेत जानकारी गराइन्छ ।
प्रतिक्रिया दिनुहोस्