Skip to content

पाँच महिनामा नेपालीले किने १९ अर्बभन्दा बढीकाे स्मार्टफोन, सबैभन्दा धेरै चीनबाट आयात

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालीले १९ अर्ब १३ करोड ६९ लाख ५२ हजार रुपैयाँ बराबरका स्मार्टफोन किनेका छन् । भन्सार विभागको तथ्यांकअनुसार पाँच महिनामा नेपालीले १० लाख ७० हजार ६८० थान स्मार्टफोन किनेका हुन् ।

भन्सार विभागको तथ्यांकअनुसार स्मार्टफोन आयात सबैभन्दा धेरै चीनबाट भएको छ । चीनबाट मात्रै ९ लाख ५ हजार ७०७ थान स्मार्टफोन आयात भएका छन् । जसको आयात मूल्य १५ अर्ब ४ करोड ५९ लाख ७ हजार रुपैयाँ पुगेको छ। चीनबाट आएको स्मार्टफोनबाट सरकारले २ अर्ब ८० करोड ५९ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

चीनपछि सबैभन्दा धेरै स्मार्टफोन भारत भित्रिएको छ । भारतबाट १ लाख ६२ हजार २४७ थान स्मार्टफोन आयात भएका छन्। भारतबाट आयात भएका मोबाइलको मूल्य ३ अर्ब ८७ करोड १९ लाख १५ हजार रुपैयाँ रहेको छ भने यसबाट ७२ करोड २१ लाख ६४ हजार रुपैयाँ राजस्व उठेको छ।

यसैगरी कतारबाट ६०४ थान, संयुक्त अरब इमिरेट्सबाट ५१२ थान, संयुक्त राज्य अमेरिकाबाट ४४४ थान, जापानबाट ४१४ थान र संयुक्त अधिराज्य (बेलायत)बाट ७३ थान स्मार्टफोन आयात भएका छन्। अमेरिका बाट आयातित मोबाइलको मूल्य ५ करोड १ लाख ४२ हजार रुपैयाँ रहेको छ भने यसबाट ९६ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

क्यानडा, अस्ट्रेलिया, हङकङ, मलेसिया, फ्रान्स, जर्मनी, स्विट्जरल्याण्ड, थाइल्यान्ड, साउदी अरेबिया, सिङ्गापुरलगायत देशबाट पनि सीमित सङ्ख्यामा स्मार्टफोन आयात भएका छन्। केही देशबाट भने एक–दुई थान मात्र स्मार्टफोन आयात भएको भन्सार तथ्यांकमा उल्लेख छ।

कुल आयात भएका स्मार्टफोनबाट सरकारले पाँच महिनामा ३ अर्ब ५६ करोड ९७ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime