Skip to content

भ्रम फैलाएर लगानीकर्ता डुबाउने दिपेन्द्र अग्रवालः सम्पत्ति शुद्धिकरणमा पनि अनुसन्धान, यस्तो छ धितोपत्र बोर्डले गरेको अध्ययन प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । सेयर कारोबारी दिपेन्द्र अग्रवालले लगानीकर्तालाई सेयर खरिद बिक्री गर्न उक्साउने उद्देश्यले झुठ्ठा भ्रामक विवरण सम्प्रेषण गर्ने गरेको पाइएको छ ।

बोर्डले गरेको अध्ययन अनुसार अग्रवालले सामाजिक सञ्जालको बढी प्रयोग गरेर लगानीकर्तालाई झुक्याउने काम गरेको बोर्डको प्रारम्भिक अध्ययनले देखाएको छ ।

अग्रवालको ठगी धन्दा मौलाएसँगै सेबोनले अध्ययन गरेर थप कारबाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाएको थियो । सीआईबीले गत शुक्रबार उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

बोर्डको प्रारम्भिक अध्ययन अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर खरिद गर्न उक्साउने उद्देश्यले झुठा वा भ्रामक विवरण सम्प्रेषण गर्ने, पूर्वानुमान बनाउने काम गरेको हुन सक्ने देखिएको छ । जसले गर्दा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ को खण्ड (ग) को व्यवस्था विपरित कार्य सम्बन्धी कसुरको जाँचबुझ गर्न सुझाव दिएको छ ।

यस्तै धितोपत्र दलाल व्यवसायी सिप्ला सेक्युरिटिजले शेयर कारोबारबाट प्राप्त गर्नुपर्ने रकम भुक्तानी नगरेकोले रकम उपलब्ध गराइ कारवाही गरी पाउँ भनी अग्रवालले बोर्डमा उजुरी दर्ता गरेकोमा उक्त विषय बोर्डले थप जाँचबुझ गर्दा दिपेन्द्र अग्रवालले विभिन्न व्यक्तिहरुको टीएमएस खाता अनाधिकृत रुपमा प्रयोग गरी अनाधिकृत कारोबार गरेको देखिएको छ ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९६ बमोजिम धितोपत्र बजारलाई प्रभावित पार्ने कसुर साथै सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७क को उपदफा (४) को खण्ड (घ) र (ङ) उपदफा (६) र दफा ७ बमोजिम ग्राहकको पहिचान गर्नुपर्ने व्यवस्थाको उल्लंघन हुनसक्ने सम्बन्धी कसुरको जाँचबुझ गर्न सुझाव दिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T