काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा (बन्द सत्र) ललितपुरमा सम्पन्न भएको छ ।
संस्थाको आन्तरिक सुदृढीकरण र नीतिगत छलफलमा केन्द्रित सभामा सदस्यहरूको उत्साहजनक र ऐतिहासिक सहभागिता रहेको नाडाले जनाएको छ ।
संस्थामा हाल नवीकरण भएका १ हजार ५४८ सदस्यहरूमध्ये १ हजार ४८३ जना सदस्यहरूको प्रत्यक्ष उपस्थिति रहेको जनाइएको छ ।
कार्यक्रम संस्थाको नियामक निकाय जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम उक्त कार्यालयसंगको समन्वयमा प्रचलित कानूनी व्यवस्थाहरू बमोजिम सम्पन्न गरिएको जनाइएको छ ।
आगामी दिनका लागि संस्थागत नीति, संरचना, पारदर्शिता र भविष्यको रणनीतिक मार्गचित्रबारे गम्भीर बहस र मार्गनिर्देशन पारित भएको छ ।
अटोमोबाइल व्यवसायीहरूबीचको सहकार्य, व्यावसायिक हकहित र जिम्मेवार परिचालनका विषयमा रचनात्मक विचार–विमर्श भएको छ ।
सदस्यहरूको उच्च अनुशासन र व्यवस्थित व्यवस्थापनका कारण सभा सौहार्दपूर्ण रूपमा सम्पन्न भएको हो । साथै संस्थाको नयाँ कार्यसमिति चयनका लागि पुस २५ गते निर्वाचन गर्ने निर्णय भएको जनाइएको छ ।
साथै महासंघका विषयमा महासंघको औचित्य तथा आवश्यकता उपर छलफल भइ प्रचलित कानून बमोजिम महासंघमा समावेश गर्ने प्रस्ताव पारित भएको छ ।








प्रतिक्रिया दिनुहोस्