काठमाडौं । कुमारी बैंकले विभिन्न ५ जिल्लाका १५ वटा शाखा समायोजन तथा एकीकरण गर्ने भएको छ ।
बैंकले काठमाडौं, चितवन, पर्सा, कास्की र मोरङ जिल्लाका विभिन्न १५ वटा शाखा बन्द गर्ने भएको छ ।
बैंकले महानगरपालिका भित्र नजिकका स्थानमा रहेका शाखा कार्यालय तथा विस्तारित काउण्टरहरु चैत १५ गते देखि एक आपसमा समायोजन तथा एकीकरण गरि कारोवार सञ्चालन गर्ने जनाएको छ ।
समायोजन तथा एकीकरण हुने शाखाबाट ग्राहकले सम्पूर्ण बैंकिङ सेवा सुविधा लिन सक्नेछन् ।
बैंकले सबैभन्दा धेरै काठमाडौंका ७ वटा शाखा बन्द तथा सामायोजन गराउन लागिएको छ । यस्तै चितवनको ३ वटा, पर्साको २ वटा, मोरङको १ शाखा रहेको छ ।








प्रतिक्रिया दिनुहोस्