Skip to content

कृषि र एचआईडीसिएललाई उर्जा तथा पूर्वाधार विकास बैंकमा रूपान्तरण गर्न सुझाव

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले कृषि विकास बैंक तथा एचआईडीसिएललाई ऊर्जा पूर्वाधार विकास बैंकका रूपमा रूपान्तरण गर्न अध्ययन गर्न सुझाव दिएको छ ।

कार्यदलले कृषि क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको कृषि विकास बैंकलाई आगामी दिनमा ऊर्जा तथा पूर्वाधार क्षेत्रमार्फत मुलुकको आर्थिक विकासमा थप केन्द्रित गर्ने विषयमा अध्ययन गर्न सुझाव दिएको हो ।

यसैगरी, एचआईडीसिएल (हाइड्रो इनर्जी डेभलपमेन्ट एण्ड इन्भेस्टमेन्ट कम्पनी)लाई निजी क्षेत्रको समेत सहभागिता रहने गरी ऊर्जा पूर्वाधार बैंकका रूपमा विकास गर्ने विषयमा विस्तृत अध्ययन गर्न कार्यदलले नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life