Skip to content

चाँदी आयातको कोटा बढ्यो, उद्योगी र व्यवसायीले कति ल्याउन पाउँछन् ?

काठमाडौं । चाँदी आयातमा सटही सुविधाको सीमा सरकारले परिमार्जन गरेको छ। नयाँ व्यवस्थाअनुसार अब उद्योग तथा व्यवसायीहरूले महिना एकपटक मात्र चाँदी आयात गर्न पाउनेछन्।

नयाँ प्रावधानअनुसार सुनचाँदी सम्बन्धी उद्योगहरूले चाँदी औद्योगिक कच्चा पदार्थका रूपमा आयात गर्दा अमेरिकी डलर २० लाखसम्म सटही सुविधा प्राप्त गर्न सक्नेछन्। त्यस्तै अन्य चाँदी व्यवसायीहरूले अमेरिकी डलर ४ लाखसम्म चाँदी आयात गर्न सक्ने व्यवस्था गरिएको छ।

यसअघि भने, चाँदी आयातमा भुक्तानीको सीमा निकै कम थियो। पुरानो व्यवस्थाअनुसार उद्योगहरूले प्रति पटक अमेरिकी डलर ५ लाखसम्म तथा अन्य व्यवसायीहरूले अमेरिकी डलर १ लाखसम्म मात्र चाँदी आयात गर्न पाउँथे।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi