Skip to content

जीवन बीमा कम्पनीले गरे करिब ७८ अर्बको व्यापारः अग्रस्थानमा नेपाल लाईफ, कुनको कति?

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनासम्म आउँदा जीवन बीमा कम्पनीहरूको व्यवसाय बढेको छ । बीमा कम्पनीहरूले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही महिनाको तुलनामा जीवन बीमा कम्पनीको व्यापारमा उल्लेखनीय वृद्धि भएको छ।

बीमा कम्पनीहरूले यो महिनामा गरी कुल ७६ अर्ब ९० करोड ५७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन्। गत वर्ष यसै समय ६५ अर्ब ७४ करोड ८१८ रुपैयाँ व्यवसाय गरिएको थियो। चालु आवको पाँच महिनामा सबैभन्दा धेरै व्यापार गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यसैगरी, व्यापार धेरै बढाउने कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि रहेको छ।

चालु आर्थिक वर्षको मंसिरसम्म नेपाल लाइफले २१ अर्ब ३७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। यसैगरी, नेसनल लाइफ कम्पनीले मंसिरसम्म ९ अर्ब २७ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ७ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो।

मंसिर मसान्तसम्म लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले ८ अर्ब १८ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यसैगरी, हिमालयन लाइफले ६ अर्ब ९२ करोड ४३ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ५७ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

सूर्य ज्योति लाइफले ४ अर्ब ४७ करोड ९१ लाख रुपैयाँ, एसियन लाइफले ३ अर्ब ७५ करोड १७ लाख रुपैयाँ र सिटिजन लाइफले ३ अर्ब २३ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

यसैगरी, चालु वर्षको मंसिरसम्म सानिमा रिलायन्स लाइफले २ अर्ब ८० करोड ५२ लाख रुपैयाँ, मेटलाइफले २ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ, आइएमई लाइफले २ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ३४ करोड २० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब २२ करोड १८ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ६४ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime