Skip to content

गोर्खाज फाइनान्सले समयमा नै ब्याज, हर्जना तिर्नेलाई छुट दिने

काठमाडौं । गोर्खाज फाइनान्सले कर्जा लिएर तिर्न बाँकी रहेका ऋणीले समयमा नै साँवा, ब्याज, हर्जना तिरेको खण्डमा अधिकतम छुट दिने भएको छ ।

फाइनान्सले सम्पूर्ण कर्जा अविलम्व चुक्ता भुक्तान गर्दा हालसम्म पाकेको ब्याज, हर्जाना ब्याज र ब्याजको ब्याजमा अधिकतम छुट दिने जनाएको छ ।

‘फाइनान्सले विभिन्न कर्जा शीर्षक अन्तर्गत कर्जा सुविधा उपभोग गरी बिगत लामो समयदेखि कर्जा अनियमित भई राष्ट्र बैंकको निर्देशन अनुसार निष्कृय कर्जा बर्गीकरणमा रहेका ऋणीहरुले उपभोग गर्दै आईरहेका सम्पूर्ण कर्जा अविलम्व चुक्ता भुक्तान गर्दा हालसम्म पाकेको ब्याज, हर्जाना ब्याज र ब्याजको ब्याजमा अधिकतम छुट दिइने छ’ सूचनामा भनिएको छ ।

फाइनान्सले सम्पूर्ण ग्राहकलाई यस अवसरको अधिकतम् सदुपयोग गरी लाभान्वित हुन आग्रह गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima