काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ठूला सेयरधनीमा विभिन्न १४ व्यक्ति तथा कम्पनी रहेका छन् ।
१ प्रतिशत भन्दा बढी स्वामित्व हुने ठूला सेयरधनीमा सबैभन्दा बढी हिस्सा कान्तिपुर पब्लिकेशनको ५.२० प्रतिशत रहेको छ । यस्तै सुमित कुमार अग्रवालको ५.२० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
कम्पनीमा प्रदीप जंग पाण्डेको ३.६७ प्रतिशत, विकास राणाको ३.६०, यति वर्ल्ड इन्भेस्टमेन्ट प्रालिको ३.६०, सुष्मा राणाको ३.६० प्रतिशत स्वामित्व रहेको छ ।
यस्तै एयर डाइनास्टी हेली सर्भिसेस प्रालिको २.१४ प्रतिशत, उर्मिला पाण्डेको १.६०, ललिता अग्रवालको १.६०, ज्योति प्रकाश पाण्डेको १.६०, रविन्द्र प्रसाद श्रेष्ठको १.४० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
यस्तै राम अग्रवालको १.३२ प्रतिशत, गुडविल फाइनान्सको १.२०, प्रिमियर वायर प्रालिको १.२० प्रतिशत स्वामित्व रहेको छ ।







प्रतिक्रिया दिनुहोस्