Skip to content

जेनजी आन्दोलनः निर्जीवन बीमा कम्पनीले गरे ५ अर्ब ४८ करोड दावी भुक्तानी 

काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतीको निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब ४८ करोड दावी भुक्तानी गरेका छन् । आन्दोलनमा भएको भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा कूल ३ हजार ३१६ वटा बीमा दाबीको परेको थियो । उक्त क्षतीमा करिव २३ अर्ब ४७ करोड रुपैयाँ बराबरको दावी परेको हो ।
दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ५ अर्ब ४८ करोड २५ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेको बीमा कम्पनीले जानकारी दिएका छन् ।
प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ कूल ७१२ वटा बीमा दाबीको दाबी रकम करिव १९ अर्ब ५ करोड रुपैयाँमध्ये करिव ३ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ र मोटर बीमातर्फ कूल २ हजार ३२१ वटा बीमा दाबीको दाबी रकम करिव ३ अर्ब ४६ करोड १६ लाख रुपैयाँ मध्ये करिव १ अर्ब ३९ करोड २५ लाख रुपैयाँ भुक्तानी भएको छ ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ कूल २२६ वटा बीमा दाबीको करिव ५५ करोड ३९ लाख रुपैयाँ दाबी रकममध्ये करिव ८ करोड ३६ लाख रुपैयाँ, परिवहन बीमातर्फ कूल १२ वटा बीमा दाबीको करिव १ करोड ६९ लाख रुपैयाँ दाबी रकममध्ये करिव १ करोड ५५ लाख रुपैयाँ र अन्य बीमातर्फ कूल ४५ वटा बीमा दाबीको करिव ३८ करोड ४० लाख रुपैयाँ दाबी रकममध्ये करिव ५ करोड रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।
जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई कूल करिव ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।
नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६३ वटा पुनर्बीमा दाबीको कूल पुनर्बीमा दाबी रकम करिव १६ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ रहेको अद्यावधिक तथ्याङ्क कम्पनीबाट प्राप्त भएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi