Skip to content

सिटिजन्स सन्तुलित योजनामा आवेदन दिने आज अन्तिम दिन

nabil bank

काठमाडौं । सिटिजन्स क्यापिटल निष्कासन गरेको इकाइमा आवेदन दिने आज अन्तिम दिन हो ।

क्यापिटलले पुस ४ गतेदेखि सामूहिक लगानी कोष सिटिजन्स सन्तुलित योजना निष्कासन गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले एक अर्ब रुपैयाँको १० करोड इकाइ सिटिजन्स सन्तुलित योजना निष्कासन गरेको छ ।

इकाइमा न्यूनतम १ करोड ५० लाख इकाईमा न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबर्द्धक सिटिजन्स बैंकका लागि छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिइएको छ ।

इकाइमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन सकिन्छ । यसको अवधि १० वर्ष रहेको छ ।

इकाइमा नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life