Skip to content

एनआईसी एशिया बैंकका ५ वटा शाखा मर्ज हुने, ३ वटा कायम रहने

nabil bank

काठमाडौं । एनआईसी एशिया बैंकका विभिन्न ५ वटा शाखा मर्ज भएर २ वटा शाखा कायम हुने भएको छ ।

बैंकका अनुसार कोशी प्रदेशका ३ वटा शाखा मर्जर भएर २ वटा र मधेश प्रदेशका २ वटा शाखा मर्ज भएर १ शाखा कायम हुने भएका छन् ।
बैंकका अनुसार कोशी प्रदेशको विराटनगर मेनरोडमा रहेको शाखा र हाटखोलामा रहेको शाखा मर्ज भएर विरानगर शाखा कायम हुने भएको छ । यी शाखाको दुरी क्रमशः ६०० मिटर र १.५ किलो मिटर रहेको छ ।
यस्तै मोरङको रानी मिल्स एरियामा रहेको शाखा रोडशेष चोकमा शाखा खुल्ने छ । यसको दुरी ४.१ किलो मिटर रहेको छ ।

यस्तै पर्सा जिल्लाको लिंक रोडमा रहेको शाखा र पावर हाउस चोकमा रहेको शाखा मर्ज भएर वीरगंज शाखा आदर्शनगर कायम हुुनेछ । यसको दुरी क्रमशः १.२ किलो मिटर र ३.५ किलो मिटर रहेको छ ।

यी शाखा कार्यालयहरु २०८३ वैशाख ३ गते देखि एक आपसमा समायोजन गरी कारोवार सञ्चालन गर्न लागेको बैंकले जनाएको छ ।
बैंकले ग्राहकलाई समायोजन भई सञ्चालनमा रहने शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ सेवा सुविधाहरु लिन सकिने जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life