Skip to content

बैंक तथा वित्तीय संस्थाबाट कृषिमा जाने कर्जा घट्यो, पशुपालन तथा बधशालामा सबैभन्दा बढी ऋण गयो

nabil bank

काठमाडौं । बैंंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा जाने कर्जा ०.०४ प्रतिशतले घटेर ३ खर्ब ३६ अर्ब ७३ करोड पुगेको छ ।

२०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कृषिमा जाने कर्जा घटेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनअनुसार कृषि कर्जा घटेको हो ।

गत वर्षमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी ६१ अर्ब १९ करोड कर्जा पशुपालन पशु बधशाला शीर्षकमा र सबैभन्दा कम सुर्तीमा २० करोड ६५ लाख प्रवाह भएको छ ।

कृषि क्षेत्रमा प्रवाहित कर्जामा कोशी प्रदेशको अंश १६‍.७, मधेसको १८.७, बागमतीको ३६.२, गण्डकीको ७.१, लुम्बिनीको १५, कर्णालीको १.५ र सुदूरपश्चिम प्रदेशको ४.७ प्रतिशत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life