Skip to content

कुमारी बैंकको ७ लाख बढी संस्थापक सेयर बिक्रीमा

nabil bank

 

काठमाडौं । कुमारी बैंकले ७ लाख भन्दा बढी सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो कम्पनीका ८ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको कूल ७ लाख १७ हजार ४ सय ४० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी सुषमा पोखरेल शर्माको नाममा रहेको ४७ हजार २ सय ९४ कित्ता, राजेन्द्रकुमार घिसिङको ६१ हजार ४ सय २५ कित्ता, पर्शुराम कार्कीको १ लाख ५८ हजार ८२ कित्ता, मोहन प्रजापतिको ६१ हजार ४ सय २१ कित्ता, विनोद कुमार शर्माको ८ हजार २ सय ४८ कित्ता, रीना महर्जनको नाममा रहेको ६१ हजार ४ सय २१ कित्ता, मनोज विक्रम शाहको नामको १ लाख ६१ हजार ५ सय ४९ कित्ता, शिशीरकुमार भट्टको नाममा रेहको १ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएका छन् ।

उक्त सेयर खरिद मूल्य भने तोकेको छैन् । सेयर खरिद बिक्रीको लागि इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं नक्साल वा बैंकको प्रधान कार्यालय टंगालमा मा आइपुग्नेगरी आवेदन पेश गर्ने सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi