काठमाडौ । राष्ट्रिय सहकारी महासंघले गत आर्थिक वर्षमा सञ्चालक समितिलाई बैठक भत्ता बापत १९ लाख ६३ हजार ८३६ रुपैयाँ खर्च गरेको छ । महासंघका अनुसार गत आवमा महासंघका कुनै सञ्चालक पदाधिकारीहरूले पारिश्रमिक लिएका छैनन् ।
महासंघका अनुसार सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरूले प्रति बैठक भत्ता २ हजार ५०० रुपैयाँ, कार्यकारिणी समिति÷सचिवालयका पदाधिकारी तथा सदस्यहरूले प्रति बैठक भत्ता २ हजार र उपसमितिका पदाधिकारी तथा सदस्यहरूले प्रति बैठक भत्ता १ हजार ५०० रुपैयाँ लिने गरेका छन् ।
यस्तै उपत्यका बाहिरबाट आउने संचालकहरूले समितिको बैठकमा आउँदा प्रतिदिन २ हजार ५०० रुपैयाँका दरले आउँदा र जाँदा मात्र २ दिनको दैनिक भ्रमण भत्ता र लागतका आधारमा हवाई तथा वस भाडा खर्च महासंघले दिने गरेको छ ।
आर्थिक वर्ष ०८१/८२ मा भौतिक र अभौतिक गरी जम्मा १० पटक र सोही अवधिमा सचिवालय समिति बैठक ११ पटक, सल्लाहकार समितिको बैठक १ पटक, सूचना तथा प्रकाशन उपसमितिको बैठक १ पटक, बक्यौता रकम असुली उपसमितिको बैठक १ पटक, वैदेशिक तालिम कार्यक्रम सहभागी छनौट उपसमितिको बैठक २ पटक, पुरस्कार छनौट उपसमितिको बैठक २ पटक, लैंगिक समता उपमितिको भर्चुअल बैठक १ पटक, आर्थिक प्रशासन कार्यविधि संशोधन उपसमितिको बैठक २ पटक बसेको छ ।
यस्तै कर्मचारी प्रशासन कार्यविधि संशोधन उपसमितिको बैठक २ पटक, विनियम संशोधन उपसमितिको बैठक १ पटक, सहकारी पुरस्कार निर्देशिका संशोधन उपसमितिको बैठक १ पटक, पदपूर्ति उपसमितिको बैठक ८ पटक, विज्ञ समूहको बैठक १ पटक, सहकारी गान छनौट प्राविधिक उपसमितिको बैठक २ पटक, कार्यक्रम तथा बजेट मस्यौदा उपसमितिको बैठक ३ पटक, सहकारी जागरण तथा सहकारी वर्ष २०२५ आयोजना उपसमितिको बैठक १ पटक, नियामकीय मापदण्ड संशोधन कार्यदलको बैठक ४ पटक, प्रादेशिक समन्वय उपसमितिको बैठक ६ पटक बसेको छ । साथै आ.व.२०८१/८२ मा लेखा सुपरीवेक्षण समितिको बैठक ४ पटक बसेको थियो ।








प्रतिक्रिया दिनुहोस्