Skip to content

राष्ट्रिय सहकारी महासंघ पौने २ करोड नोक्सानमा, यस्तो छ कारण

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ पौने २ करोड नोक्सानमा रहेको छ ।

महासंघले सार्वजनिक गरेको गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन अनु्सार गत आवको असार मसान्तसम्म १ करोड ७६ लाख ८१ हजार ९३८ रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो आवको सोही अवधिमा ३ लाख ३५ हजार २९० रुपैयाँ नाफामा रहेको थियो ।

महासंघका अनुसार आर्थिक वर्ष २०८१/८२ को प्रस्तावित कूल आम्दानी ६ करोड ९२ लाख ५९ हजार २ सय ५० हुने र सो बाट कूल ६ करोड ८७ लाख ३७ हजार ९ सय ९४ रुपैंया ३७ पैसा खर्च भइ र ५ लाख २१ हजार २ सय ५५ रूपैया र ६३ पैसा बचत हुने लक्ष्य निर्धारण गरिएकोमा थियो ।

वार्षिक कार्यप्रगति विवरणमा तोकिए बमोजिम कार्य सम्पन्न गर्न नसकिएकोले अपेक्षित प्रगति हासिल हुन नसकेको महासंघले जनाएको छ । महासंघका अनुसार गत आवको असार मसान्तसम्म भौतिक प्रगती ६८ प्रतिशत रहेको छ भने वित्तिय प्रगती ३४.६९ प्रतिशत रहेको छ ।

निवृत्त भएका कर्मचारीहरुको दायित्व उपदान कोषमा व्यवस्थापन नभएकोले अवकाश भुक्तानीको रकम खर्च लेखा गर्नु परेको, सहकारी क्षेत्रमा देखिएको विषम परिस्थितिका कारण स्वीकृत कार्यक्रमहरु मध्ये दोस्रो राष्ट्रिय युवा गोष्ठी र अन्तराष्ट्रिय कृषि मेला जस्ता बृहत कार्यक्रम सम्पन्न गर्न नसकिएको, सहकारी प्रवद्र्धन कोष परिचालन गरि सम्पन्न गर्ने कार्यक्रमहरु प्रवद्र्धनकोष अन्तरगतको बजेट मन्त्रालयबाट निकासा नहँुदा कार्यक्रम नभएको महासंघले जनाएको छ ।

यस्तै संघीय सरकार एवं साझेदार निकायहरूको सहयोगमा संचालन गर्ने गरी तय गरिएका कार्यक्रममा समेत सरकारहरुबाट बजेट प्राप्त गर्न नसकिएको, राष्ट्रिय तथा सहकारी क्षेत्रमा देखापरेको प्रतिकुल अवस्थाका कारण शिक्षा तालिम कार्यक्रम, गोष्ठी, र व्यवसायिक संघ संस्थासंगको साझेदारी कार्यक्रम लक्ष्य अनुरूप सम्पन्न गर्न नसकिएका कारण महासंघ नोक्सानीमा रहेको र वित्तीय लक्ष्य हासिल गर्न नसकिएको महासंघले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi