Skip to content

चितवन–मकवानपुरका एमएसएमई उद्योगको अवस्था कमजोर, आधाभन्दा बढीको कारोबार घट्दो

nabil bank
काठमाडौं । चितवन र मकवानपुर जिल्लामा सञ्चालनमा रहेका सूक्ष्म, साना तथा मझौला उद्योग (एमएसएमई)को अवस्था कमजोर बन्दै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार उक्त जिल्लाका आधाभन्दा बढी उद्योग व्यवसायले पछिल्लो समय कारोबार घट्दै गएको हो।
राष्ट्र बैंकले चितवन र मकवानपुरका उद्योग व्यवसायमा गरेको अध्ययनमा समेटिएका कुल व्यवसायमध्ये करिब ५२ प्रतिशतको व्यापार घटेको छ। यस अवधिमा यस क्षेत्रको एमएसएमई व्यवसाय २७ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ।
प्रतिवेदनअनुसार सूक्ष्म, साना तथा मझौला उद्योग नेपाली अर्थतन्त्रको महत्त्वपूर्ण आधार मानिए पनि पछिल्लो समय विभिन्न समस्या र चुनौतीका कारण ती उद्योग दबाबमा परेका छन्। कर्जामा सहज पहुँच नहुनु, बजार विस्तारमा कठिनाइ, कर प्रणालीको जटिलता, प्रशासनिक झन्झट तथा दक्ष जनशक्तिको अभाव प्रमुख समस्या रहेको अध्ययनले औँल्याएको छ।
विशेषगरी साना र सूक्ष्म उद्यमीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन कठिन भएको बताएका छन्। बजार प्रतिस्पर्धा बढ्दै जाँदा आफ्ना उत्पादन बिक्री गर्न समस्या परेको र लागत बढे पनि आम्दानी सोहीअनुसार बढ्न नसकेको गुनासो उद्यमीको रहेको छ ।
प्रतिवेदनमा महिला उद्यमीको उल्लेखनीय सहभागिता पनि देखाएको छ। चितवन र मकवानपुरका धेरैजसो सूक्ष्म तथा साना उद्योग महिला नेतृत्वमा सञ्चालन भइरहेका छन्, जसले महिला सशक्तीकरणमा यस क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको संकेत गर्छ।
पूर्वाधारको अवस्था तुलनात्मक रूपमा सन्तोषजनक भए पनि प्रशासनिक सेवा, कर प्रणाली, सरकारी सहयोग कार्यक्रम, प्रविधि प्रयोग र नेतृत्व क्षमतामा सुधार आवश्यक रहेको राष्ट्र बैंकको निष्कर्ष छ। यी पक्ष कमजोर रहँदा उद्योग व्यवसायको दिगो विकासमा अवरोध पुगेको प्रतिवेदनले जनाएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life